उद्देश्य, लक्ष्य र दृष्टि

प्रदेश नं २ कृषि विकास निर्देशनालयको आधिकारिक वेबपेजमा स्वागत छ ।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अग्रगणि भूमिका रहेको परिप्रेक्षमा प्रदेश नां २ को महत्वपूर्ण योगदान रहने गरेको छ । श्री भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं २ को अन्तरगत रहेको कृषि विकास निर्देशनालयले यस प्रदेश मा रहेका आठवटा जिल्लाहरुमा कृषि क्षेत्रको विकास र समवृद्धिको लागि संचालन गरिने कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्दछ ।यस निर्देशनालयको कार्यविवरण निम्नानुसार रहेको छ ।
 
१. प्रदेश अन्तर्गत कृषि बाली र वस्तुको विकास एवम् बिस्तारका लागि आवश्यक नीति तथा व्यवसायिक योजना तर्जुमा तथा कार्यान्वयन, 
२. प्रदेशमा सञ्चालन हुने कृषि विकास कार्यक्रमको संयोजन र समन्वय, 
३. प्रदेशस्तरमा कृषि विकासमा संलग्न निकायहरूवीच समन्वय, 
४. प्रदेशस्तरमा खाद्य सुरक्षाको अवस्थाको अनुगमन तथा विश्लेषण गरी प्रदेश सरकारलाई पृष्टपोषण, 
५. प्रदेशस्तरको कृषि सम्बन्धी तथ्यांक सङ्कलन एवम् अद्यावधिक,
६. प्रदेशस्तरको बजार तथा अन्य कृषि पूर्वाधार विकास नीति तर्जुमा तथा कार्यान्वयन गर्ने, 
७. प्रदेशस्तरमा मल बीउ, विषादी लगायतका कृषि सामग्रीहरूको व्यवस्थापन तथा गुणस्तर नियन्त्रण गर्ने, 
८. प्रदेशस्तरमा कृषि प्रविधि बिस्तार कार्यको समन्वय गर्ने, 
९. प्रदेशस्तरमा कृषि प्रसार, कृषि शिक्षा र कृषि अनुसन्धान सम्बद्ध निकायहरूवीच कार्यमुलक सम्बन्ध स्थापित गराउने, 
१०. सङ्घीय तथा प्रदेश स्तरीय नीति तथा मापदण्डहरुको कार्यान्वयन