Madhesh Province Government

Ministry of Land Management, Agriculture and Cooperative

Directorate of Agriculture Development

Janakpurdham, Naktajhij, Dhanusha, Nepal

Information

कृषि विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधाम, नक्टाझिज, धनुषा

परिचयः                                                                                                              

     भूमि व्यवस्था  कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश, जनकपुरधाम, धनुषा अन्तर्गत कृषि  विकास  निर्देशनालयको  संगठन संरचना नेपाल सरकार मन्त्रीपरिष्दवाट मिति २०७५-०३-२६ गते मा स्वीकृत भई प्रभावकारी  कृषि प्रसारका माध्यमवाट कृषि क्षेत्रलाई प्रदेश समृद्धिको आधारशिलाको रुपमा कृषि विकाश निर्देशनालयको गठन गरिएको  । नेपालको अर्थतन्त्रमा कृषि  क्षेत्रको अग्रगणि भूमिका रहेको परिप्रेक्षमा मधेश प्रदेशको महत्वपूर्ण योगदान  रहने गरेको छ । यस  प्रदेशमा  रहेका आठवटा  जिल्लाहरुमा कृषि क्षेत्रको विकास र सम्वृद्धिको लागि संचालन गरिने कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्दछ ।कृषि विकास निर्देशनालयको कार्य विवरणः-                 

  • प्रादेशिक कृषि सम्वन्धी निती नियम तथा व्यवसायिक योजना तर्जुमा, कार्यान्वयन गर्ने तथा सो मा  आवश्यक सहयोग गर्ने ।
  • मातहत कार्यालयहरुको  प्रभावकारी संचालनका लागि प्रशासनिक र प्राविधिक निर्देशन, अनुगमन निरीक्षण, प्राविधिक पृष्ठपोषण गरने ।
  • खाद्य सुरक्षाको अवस्थाको अनुगमन तथा निरीक्षण गरी प्रदेश सरकारलाई प्रष्ठपोषण गर्ने तथा खाद्यसुरक्षाको द्रष्टीकोणले महत्वपुर्ण वालीको पहिचान गरी विकास एंव प्रवद्धन गर्ने ।
  • पोष्टहार्भेट व्यवस्थापन, वाली संरक्षण तथा व्यवसायिक किट विकास, बजार तथा अन्य कृषि पुर्वाधार विकास, कृषि यान्त्रीकरण निती तर्जुमा तथा कार्यान्वयन गर्ने ।
  • प्रदेश स्तरको कृषि सम्वन्धी तथ्यांक संकलन एंव अद्यावधिक गर्ने ।
  • कृषि उत्पादन सामाग्रीको आपूर्ती स्थितीको नियमित अनुगमन गर्ने तथा गुणस्तर नियन्त्रण गर्ने कार्यमा सहयोग तर्ने ।
  • कृषि प्रसार कार्यमा सूचना तथा संचार प्रविधिको प्रयोग प्रवर्द्धन सम्वन्धी कार्यक्रमहरु संचालन गर्ने ।
  • प्रदेशस्तरमा माटोको उर्वराशक्ति नक्शा तयार गरी सोको आधारमा माटो सुधार सम्वन्धी निती, योजना तर्जुमा गर्ने ।
  • प्रदेशमा संचालन हुने संघीय कृषि विकास कार्यक्रमहरुको संयोजन र समन्वय गर्ने ।
  • प्रदेशस्तरमा कृषि प्रसार, कृषि शिक्षा र कृषि अनुसन्धान सम्वद्ध निकायहरुबिच कार्यमुलक सम्वन्ध स्थापित गराउने ।
  • प्रदेश स्तरमा गुणस्तरिय श्रोत बिउ उत्पादन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने ।
  • कृषि क्षेत्रसंग सम्वन्धीत ऐन, कानून, निती, नियमले श्रजना गरेको कानूनी दायित्वहरु निर्वाह गर्ने तथा सहयोग गर्ने ।
  • प्रदेशस्तरमा कार्यरत कृषि जनशक्तिको क्षमता विकासको लागी निती तथा योजना तर्जुमा गर्ने।
  • कृषि क्षेत्रको संघीय तथा प्रादेशिक निती, कार्यान्वयन तथा पृष्ठपोषण गर्ने ।