कृषि विकास निर्देशनालयको परिचय
२. कृषि विकास निर्देशनालयको परिचय
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा संविधान र कानुन बमोजिम सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित भई राज्यशक्तिको प्रयोग तीनै तहले गर्ने व्यवस्था गरेको छ। कृषि क्षेत्रको विकासका लागि जुन तहको सरकारको जुन कार्य जिम्मेवारीमा तुलनात्मक लाभ बढी छ त्यसै तहको सरकारको जिम्मामा उक्त कार्य राखि कार्य सम्पादन गर्ने र एक आपसमा मिलेर सो को लागि प्रविधि र आवश्यक प्राविधिक सहयोग बाँडफाँड गर्नु पर्ने व्यवस्था छ। प्रदेश स्तरीय कृषि विकासका लागि नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७५।०३।३२ को निर्णयानुसार स्वीकृत संगठन संरचना बमोजिम प्रदेश सरकार, मधेश प्रदेश, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत २०७५।०४।०१ गतेदेखि प्रदेशस्तरमा कृषि विकास निर्देशनालयको स्थापना भएको छ। यस निर्देशनालयको मातहतमा जिल्लास्तरका कृषि ज्ञान केन्द्रहरु (आठ) लगायत कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र केन्द्रहरु (एक) र उष्ण प्रदेशिय वागवानी नर्सरी विकास केन्द्र (एक) र प्रयोगशालाहरु (बाली संरक्षण, बीउ विजन परीक्षण र माटो तथा मल परीक्षण) गरी जम्मा तेरह वटा कार्यालयहरु रहेकोछ। यस निर्देशनालयलाई भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयहरु विच नियमित सम्पर्क कायम गर्ने पुलको रुपमा राखिएको छ।
मधेश प्रदेशमा आठ जिल्लाहरुमा एक वटा महानगरपालिका, विरगंज, तीन वटा उप महानगरपालिका (जनकपुरधाम उपमहानगरपालिका, कलैया उपमहानगर पालिका र जितपुर सिमरा महानगरपालिका), ७५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी जम्मा १३६ वटा स्थानिय तहहरु रहेका छन् । यस कृषि विकास निर्देशनालयले मधेश प्रदेश भित्रका यिनै आठ वटा जिल्लामा रहेका कृषक, उद्यमी तथा कृषि प्राविधिक तथा सरोकारवालाहरुलाई मुख्य सेवाग्राहीहरुको रुपमा लिई आफ्ना कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गर्दै आईरहेको छ ।
मातहतका कार्यालयहरु सहकार्य, समन्वय, सहजीकरण, सुपरीवेक्षण अनुगमन र मूल्यांकन गरी दैनिक कार्यसम्पादनको प्रभावकारिता बढाउन नियमित रिपोर्टिङ्ग गर्नु, निर्देशनालय र मातहतका कार्यालयहरुको प्रतिरक्षा गर्नु गराउनु का साथै संघीय बिषयगत कार्यालयहरु र स्थानिय सरकारका कार्यालयहरु संग समन्वय र सहकार्य गरी अन्य प्रशासनिक र आर्थिक गतिविधिहरुको नियमित पृष्ठपोषण गर्ने दायित्व वहन गर्न यस निर्देशनालयको देहाय बमोजिमको जिम्मेवारी रहेको छ।
१. प्रादेशिक कृषि सम्बन्धी निती नियम तथा योजना तर्जुमा गर्न आवश्यक सहयोग गर्ने।
२. कृषि क्षेत्रसंग सम्बन्धीत संघीय तथा प्रादेशिक निती, कार्यान्वयन गर्ने गर्ने गराउने ।
३. प्रदेशमा संचालन हुने संघीय कृषि विकास कार्यक्रमहरुको संयोजन र समन्वय गर्ने।
४. प्रदेशस्तरमा कृषि प्रसार, कृषि शिक्षा र कृषि अनुसन्धान सम्बद्ध निकायहरुबिच कार्यमुलक सम्बन्ध स्थापित गर्ने गराउने ।
५. कृषि क्षेत्रका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनिक र प्राविधिक निर्देशन, अनुगमन निरीक्षण, प्राविधिक पृष्ठपोषण गर्ने।
६. खाद्य सुरक्षाको अवस्थाको अनुगमन तथा निरीक्षण गरी प्रदेश सरकारलाई पृष्ठपोषण गर्ने।
७. खाद्यसुरक्षाको दृष्टीकोणले महत्वपुर्ण वालीको पहिचान गरी विकास एवं प्रवर्द्धन गर्न सहजीकरण गर्ने ।
८. पोष्टहार्भेष्ट व्यवस्थापन, वाली संरक्षण तथा व्यवसायिक किट विकास, बजार तथा अन्य कृषि पुर्वाधार विकास, कृषि यान्त्रीकरण सम्बन्धि कार्यक्रम कार्यान्वयन गर्ने गराउने।
९. प्रदेश स्तरको कृषि सम्बन्धी तथ्यांक संकलन एंव अद्यावधिक गर्ने गराउने।
१०. कृषि प्रसार र विकासका लागि सूचना तथा संचार प्रविधिको प्रयोग प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने गराउने।
११. कृषि उत्पादन सामाग्रीको आपूर्ती स्थितीको नियमित अनुगमन गर्ने तथा गुणस्तर नियन्त्रण गर्ने कार्यमा सहयोग गर्ने गराउने।
१२. प्रदेशस्तरमा माटोको उर्वराशक्ति नक्शा तयार गरी सोको आधारमा माटो सुधार सम्बन्धी कार्य गर्ने गराउने।
१३. प्रदेश स्तरमा गुणस्तरिय श्रोत बिउ उत्पादन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने गराउने।।
१४. प्रदेशस्तरमा कार्यरत कृषि जनशक्तिको क्षमता विकासको लागी आवश्यक पहल गर्ने।
१५. प्रादेशिक कृषि सम्बन्धी निती नियम तथा योजना तर्जुमा गर्न आवश्यक सहयोग गर्ने।
१६. कृषि क्षेत्रसंग सम्बन्धीत संघीय तथा प्रादेशिक निती, कार्यान्वयन गर्ने गर्ने गराउने ।
१७. प्रदेशमा संचालन हुने संघीय कृषि विकास कार्यक्रमहरुको संयोजन र समन्वय गर्ने।
१८. प्रदेशस्तरमा कृषि प्रसार, कृषि शिक्षा र कृषि अनुसन्धान सम्बद्ध निकायहरुबिच कार्यमुलक सम्बन्ध स्थापित गर्ने गराउने ।
१९. कृषि क्षेत्रका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनिक र प्राविधिक निर्देशन, अनुगमन निरीक्षण, प्राविधिक पृष्ठपोषण गर्ने।
२०. खाद्य सुरक्षाको अवस्थाको अनुगमन तथा निरीक्षण गरी प्रदेश सरकारलाई पृष्ठपोषण गर्ने।
२१. खाद्यसुरक्षाको दृष्टीकोणले महत्वपुर्ण वालीको पहिचान गरी विकास एवं प्रवर्द्धन गर्न सहजीकरण गर्ने ।
२२. पोष्टहार्भेष्ट व्यवस्थापन, वाली संरक्षण तथा व्यवसायिक किट विकास, बजार तथा अन्य कृषि पुर्वाधार विकास, कृषि यान्त्रीकरण सम्बन्धि कार्यक्रम कार्यान्वयन गर्ने गराउने।
२३. प्रदेश स्तरको कृषि सम्बन्धी तथ्यांक संकलन एंव अद्यावधिक गर्ने गराउने।
२४. कृषि प्रसार र विकासका लागि सूचना तथा संचार प्रविधिको प्रयोग प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने गराउने।
२५. कृषि उत्पादन सामाग्रीको आपूर्ती स्थितीको नियमित अनुगमन गर्ने तथा गुणस्तर नियन्त्रण गर्ने कार्यमा सहयोग गर्ने गराउने।
२६. प्रदेशस्तरमा माटोको उर्वराशक्ति नक्शा तयार गरी सोको आधारमा माटो सुधार सम्बन्धी कार्य गर्ने गराउने।
२७. प्रदेश स्तरमा गुणस्तरिय श्रोत बिउ उत्पादन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने गराउने।
२८. प्रदेशस्तरमा कार्यरत कृषि जनशक्तिको क्षमता विकासको लागी आवश्यक पहल गर्ने।
कृषि विकास निर्देशनालय, मधेश प्रदेश, नक्टाझिज, धनुषा जिल्लाको सदरमुकाम जनकपुर देखि १८ किलोमिटर उत्तर तथा पुर्व पश्चिम राजमार्गको ढल्केवर-जनकपुर सडक खण्डको ६ किलोमिटर दक्षिणमा मिथिला नगरपालिकाको वडा नं. २, नक्टाझिझ स्थित औरही नदीको पश्चिम पट्टी फार्म चौकमा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र नक्टाझिज, धनुषाको हाता भित्र रहेको छ।